भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

शुक्रवार साँझ जिल्ला अदालत काठमाडौंले स्टार क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला न्यायधीश शिशिरराज ढकालको इजलासले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको हो ।

लामिछानेको सजाय निर्धारणका लागि पुष २५ गते पेशी तोकेको छ ।

कानुन अनुसार लामिछानेलाई ७ देखि १० वर्षसम्म कैदको सजाय हुन सक्ने जनाइएको छ ।

लामिछानेले फैसला उपर पुनरावेदन भने दिन सक्नेछ ।

अदालतले घटना भएको बेला पिडित गौशाला २६ नाबालिक भने नरहेको फैसला गरेको छ ।

तर, कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरेको अदालतले ठहर गरेको छ ।

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी लामिछानेविरुद्व जबर्जस्ती करणी गरेको आरोपमा २०७९ भदौ ५ गते प्रहरीमा जाहेरी परेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.