
भक्तपुर । स्टार नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले ८ वर्षको कैद सजाय सुनाएको छ ।
बुधवार काठमाडौं जिल्लाका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दिपलाई आठ वर्ष कैदसंगै जरिवानाको सजाय सुनाएको हो ।
योसंगै सन्दिपले पाँच लाख रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने भएको छ ।
जसमध्ये दुई लाख रुपैयाँ पीडितलाई दिनुपर्ने अदालतले फैसला गरेको छ ।
यसअघि पुस १३ गते जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
सजाय भने आज निर्धारण गरिएको हो ।