भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
लामिछाने नाबालिकलाई बलात्कार गरेको आरोपमा लामो समयदेखि प्रहरी हिरासतमा छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई प्रहरी हिरासतमै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारवाही अघि बढाउने भन्दै गरेको आदेशसपरुद्व उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
सोहि निवेदन उपर न्यायधिस ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछानेविरुद्व प्रहरीमा उजुरी परेपछि गत २० गते प्रहरीले लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।