भक्तपुर । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।
सनिवार भएको रोमाञ्चक उपाधि भिडन्तमा ए डिभिजन क्लब संकटाले अमेरिकाको भुटानीज युथ स्र्पोटिङ क्लब युएसएलाई ३–२ ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएसंगै अतिरिक्त ३० मिनेटको समय थपिएको थियो ।
जसमा अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि संकटाले प्रदिप हुमागाईको प्रशिक्षणमा रहेको भुटानिज युथलाई ३–२ ले पराजित गर्दै उपाधि उचालेको हो । तीन वर्ष अघि पनि संकटाले आहा रारा जितेको थियो ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटाले खेलको आठौं मिनेटमा गोल गर्दै १–० को अग्रता बनाएको थियो ।
त्यस्तै, ३५ औं मिनेटमा मेसुके ओलामोउले गोल गर्दा संकटा २–० ले अघि रहेको थियो । तर, ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दा अमेरिकी टोलीले खेलमा फर्कने संकेट गर्यो ।
त्यसपछि भुटानिजका लागि विल्स ग्रिफितले गोल गर्दा खेल २–२ को बराबरीमा पुगेको थियो ।
संकटाले उपाधिसंगै १२ लाख रुपैया समेत जितेको छ । दोस्रो भएको भुटनिज युथले भने ६ लाख पाएको छ ।
आहा राराको विधागततर्फ उत्कृष्ट खेलाडी सुनिल बल घोषित भए । उनले पुरस्कारमा इलेक्ट्रिक स्कुटर जिते ।
त्यस्तै, संकटाका सल्याण खड्गी उत्कृष्ट प्रशिक्षण हुँदा संकटाकै स्टिफन विलोन उत्कृष्ट फरवार्ड घोषि भए ।
भुटानीजका एक्टर एथिगा उत्कृष्ट डिफेन्डर घोषित हुँदा संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर चुनिए ।
यता, संकटाकै दिकेन्द्र सिंह थापा उत्कृष्ट गोलरक्षक चुनिए ।