एजेन्सी । बलियो भारतलाई पराजित गर्दै श्रीलंकाले एकदिवसिय अन्तर्राष्ट्रिय (आडिआई) सिरिज जितेको छ ।

बुधवार भएको ओडिआई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा भारतलाई ११० रनले पराजित गर्दै श्रीलंकाले सिरिज जितेको हो ।

तीन खेलको सिरिजमा श्रीलंकाले दुई खेल जित्दा एक खेल बराबर खेल्यो ।

गौतम गम्भिरको प्रशिक्षकत्वमा भारतको भने यो पहिलो सिरिजमा बेहोरेको हार रह्यो ।

श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २४९ रनको विजयी लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा अलआउट हुँदा मात्र १३८ रनमा समेतियो ।

भारतका लागि कप्तान रोहित शर्माले २० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोड्दै आउट हुँदा वासिङटन सुन्दरले २५ बल खेल्नेक्रममा २ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फकिए ।

त्यस्तै, विराट कोहोलीले १८ बलमा ४ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा रियान परागले १३ बल खेल्दै २ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।

यता, शिभम् दुवे ९, श्रेयस ऐयर ८, सुभमन गिल, विकेटकिपर रिशभ पन्त र कुलदिप यादव समान ६–६ र अक्षर पटेल २ रनमा पेविलियन फर्किदा मोहम्मद सिराज शुन्य रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा १ रन जोड्यो ।

भारतलाई सस्तैमा अलआउट गर्दै सहज जित हासिल गर्न घरेलु टोलीका लागि दुनिथ वेल्लालागेले ५.१ ओभर बलिङ गर्दै २७ रन दिएर सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै, महेश थिकशाना र जेफ्री भानदेरसेले २–२ विकेट लिँदा अशिथा फेर्नान्डोले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २४८ रन जोड्यो ।

श्रीलंकाका लागि अभिषका फेर्नान्डोले १०२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ९६ रनको शतक नजिक पारी खेल्दा विकेटकिपर कुशल मेन्डिसले ८२ बल खेल्नेक्रममा ४ चौका प्रहार गरेर ५९ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, पाथुम निस्संकाले ६५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४५ रन जोडेर आउट हुँदा कामिन्दु मेन्डिसले १९ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै २३ रन जोडेर अविजित रहे ।

यता, कप्तान चरिथ असलंकाले १२ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट हुँदा जनिथ लियानागे ८, दुनिथ वेल्लालागे २ र सदिरा समराविक्रमा शुन्य रनमा पेविलियन फर्किए ।

महेश थिकशाना भने ३ रनमा अविजित रहे ।

श्रीलंकाले अतिरिक्त रुपमा २ रन जोड्यो ।

भारतका लागि रियान परागले ९ ओभर बलिङ गर्दा ५४ रन खर्चिएर ३ विकेट लिँदा मोहम्मद सिराज, अक्षर पटेल, वासिङटन सुन्दर र कुलदिप यादवले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.