एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा वेस्ट इन्डिजले श्रीलंकामाथि जित निकालेको छ ।
मंगलवार भएको सुपर सिक्सअन्तर्गत खेलमा वेस्ट इन्डिजले श्रीलंकामाथि ३ विकेटको जित निकालेको हो ।
नर्डन केपस्थित दि बियर्स डाइमण्ड ओभल रंगशालामा भएको खेलमा २३२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजको जितमा स्टिभ वेडरबर्नले ७१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दा जोर्डन जोन्सनले ४६ बल खेल्दै ४ चौका प्रहार गरेर ३९ रन जोडे ।
त्यस्तै, कप्तान स्टेफान पास्कलले २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किदा नाथान सिलेले २८ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर अविजित रहे ।
यता, माभेन्द्र डिन्डयालले ३४ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा नाथान इडवार्डले ३९ बल खेल्नेक्रममा १३ रन जोडेर पेविलियन फर्किए ।
उता, टारिक्यु इडवार्डले १३ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर अविजित रहँदा विकेटकिपर जेवेल एन्ड्रियुले २३ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै ११ रन जोडेर आउट भए ।
जोसुआ डोर्ने ७ रनमा पेविलियन फर्किए ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
श्रीलंकाका लागि कप्तान सिनेथ जयावर्देना, दिनुरा कालुपाहाना र विश्व कुमाराले समान २–२ विकेट लिँदा भिहास थेभमिकाले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरको खेल्नेक्रममा अन्तिम बलमा अलआउट हुँदै २३१ रन जोड्यो ।
श्रीलंकाका लागि दिनारु कालुपाहानाले ८३ बलमा ५ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दा माल्शा थारुपाठीले ३८ बल खेल्दै ७ चौका प्रहार गरेर ४२ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, सुपुन वादुगेले ४० बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोड्नेक्रममा रनआउट हुँदा ओपनर ब्याट्सम्यान पुलिन्दु पेरेराले ३१ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २४ रन जोडेर आउट भए ।
यता, भिहास थेभमिकाले ३२ बलको सामना गर्दा १ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा शरुजन शानमुगनाथनले २६ बलमा १४ रन जोड्दै पेविलियन फर्किए ।
कप्तान सिनेथ जयावर्देनाले १५ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा रविशान नेथसारा ५, विश्वा कुमारा ४ रनमा पेविलियन फर्किए ।
रुविशान पेरेरा ९ रनमा अविजित रहँदा भिशेन हलामबाग भने शुन्य रनमा पेविलियन फर्किए ।
श्रीलंकाले अतिरिक्त रुपमा २३ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि रनैको स्मिथले सर्वाधिक ४ विकेट लिँदा नाथन इवार्डले २, नाथन सिले र तारिक्यु इडवार्डले समान १–१ विकेट लिए ।