
एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जित हासिल गरेको छ ।
बुधवार भएको खेलमा बंगलादेशले श्रीलंकामाथि ६ विकेटको सहज जित हासिल गरेको हो ।
सहज जितसंगै समूह ‘बी’ मा शतप्रतिशत जित निकाल्दै बंगलादेशले ६ अंक जोड्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।
पराजित श्रीलंकाको समान ३ खेलमा २ अंकमात्र रहेको छ । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आईसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा २०० रनको मध्यम विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले ४०.५ ओभर खेल्नेक्रममा ४ विकेट गुमाउँदै २०४ रन जोड्यो ।
बंगलादेशको जितमा विकेटकिपर अशिक्यिुर रहमान शिब्लीले १३० बलमा ११ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ११६ रनको शतकिय पारी खेल्दै अविजित रहँदा एमडि रिजवान चौधरीले ३९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर आउट भए ।
त्यस्तै, अहरर अमिनले २३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २३ रन नै जोड्दै आउट हुँदा अरिफुल इस्लामले ४४ बल खेल्दै १८ रन जोड्दै आउट भए ।
यता, मोहम्मद सिहब जेम्स २ रनमा अविजित रहँदा जिशान आलम शुन्य रनमा पेविलियन फर्किए ।
बंगलादेशले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
श्रीलंकाका लागि गरुका सन्केथले २ विकेट लिँदा विश्वा लाहिरु र माल्सा थारुपाथीले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १९९ रन जोड्यो ।
श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान पुलिन्दु पेरेराले २९ बलमा ४ चौका प्रहार गर्दै २८ रन जोड्दा विश्वा लाहिरुले ६१ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान सिनेथ जयवर्दनाले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा रुसान्दा गमागले ४६ बल खेल्दै २ चौका मद्दतमा २४ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर रबिसन दि सिल्भाले ३७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोड्दै आउट हुँदा विकेटकिपर शरुजन शानमुगनाथनले ३२ बल खेल्दै १ चौका प्रहार गरेर २१ रन जोड्दै पेविलियन फर्किए ।
रुबिशान परेराले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोड्दै आउट हुँदा अन्य दुई खेलाडी शुन्य रनमा पेविलयन फर्किए ।
गरुका सन्केथ भने ८ रनमा अविजित रहे ।
श्रीलंकाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
बंगलादेशका लागि वासी सिद्दिक्युले ३ विकेट लिँदा मारुफ मरिधा र महफुजुर रहमान रबेले समान २–२ विकेट लिए ।
त्यस्तै, रोहनाथ दौलाह बोर्सन र शेख पर्भेज जिवनले समान १–१ विकेट लिए ।