एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि सहज जित निकालेको छ ।

आईतवार भएको समूह चरणको २४ औं खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि ६ विकेटको सहज जित निकालेको हो ।

सहज जितसंगै अष्ट्रेलियाले समूह चरणमा शतप्रतिशत जित हासिल गर्दै ६ अंक जोडेर समूह ‘सी’ को समूह विजेता बन्यो ।

पराजित श्रीलंकाले ३ खेलमध्येमा २ मा जित र १ मा हारको नतिजा निकाल्दै ४ अंक जोडेर समूह उपविजेता बन्यो ।

यस समूहबाट अष्ट्रेलियासंगै श्रीलंका र जिम्बावे सुपर ६ मा प्रवेश गर्यो ।

नर्डन केपस्थित दि बियर्स डाइमन्ड ओभल रंगशालामा भएको खेलमा २०९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ४८.५ ओभरमा ४ विकेट गुमाउँदै २११ रन जोड्यो ।

अष्ट्रेलियाको जितमा रायन हिक्सले १०४ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ७७ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर साम कोनस्टासले ४६ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा हरजस सिंहले १७ र कप्तान हग वाइबगेनले ३ रन जोडेर पेविलियन फर्किए ।

यता, टम इडवार्ड क्याम्पबेलले ४१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन जोडेर अविजित रहे ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

श्रीलंकाका लागि विश्वा कुमाराले २ विकेट लिँदा कप्तान सेनिथ जयवर्डेने र माल्शा थारुपाठीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २०८ रन जोड्यो ।

श्रीलंकाका लागि दिनुरा कालुपाहानाले ७८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेल्दा रबिशान नेथसाराले ४२ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ३० रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर शरुजन शानमुगानाथनले २८ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा सुपुन वाडुगेले ४४ बल खेल्दै १ चौका मद्दतमा १७ रन जोडेर पेविलियन फर्किए ।

यता, कप्तान सेनिथ जयवार्डेनेले ३६ बल खेल्दै २ चौका प्रहार गरेर १६ रन जोड्दै आउट हुँदा रुसान्डा गमेज, माल्शा थारुपाठी र रुविशान परेराले समान १० रन जोडेर पेविलियन फर्किए ।

विश्वा कुमारा ६ र पुलिन्दु पेरेरा शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा २४ रन जोड्यो ।

श्रीलंकालाई अलआउट गर्न कल्लुम भिड्लेरले ३ विकेट लिँदा माह्ली बियर्डम्यान र टम इडवार्ड क्याम्पबेलले समान २–२ विकेट लिए ।

त्यस्तै, टम स्ट्राकेर, राफायल म्याकमिलान र हरजस सिंहले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.