एजेन्सी । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटअन्तर्गत सुपर ६ को खेलमा नेडरल्याण्ड्स टेस्ट राष्ट्र श्रीलंकासंग २१ रनले पराजित भएको छ ।

शुक्रवार जिम्बावेस्थित क्विन्स स्पोर्ट्स क्लबमा भएको खेलमा २१४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेडरल्याण्ड्स ४० ओभरमा १९२ रन हुँदा श्रीलंका २१ रनले विजयी भएको हो ।

महत्वपूर्ण जितसंगै श्रीलंकाको विश्वकप छनोट हुने सम्भावना बलियो भएको छ ।

डच टोलीका लागि कप्तान तथा विकेटकिपर स्कट इडवार्ड्सले ६८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ६७ रन जोड्दा वेस्ले बारेसीले ५० बल खेल्दै ६ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, बास दि लिडले ५३ बलमा ३ चौका प्रहार गर्दै ४१ रन जोड्दै पेविलियन फर्किदा आर्यान दत्त ७, रायन क्लेन ५, शारिज अहमद र सक्विब जुल्फिकरले समान २–२ रन जोड्दै पेविलियन फर्किए ।

डच टोलीका ४ खेलाडी शुन्य रनमा आउट भए । नेडरल्याण्ड्सले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

श्रीलंकाको जितमा महेश थिक्शानाले ९ ओभर बलिङ गर्दै २ मेडन राखेर ३१ रन दिँदै ३ विकेट लिँदा वानिन्दु हसरंगाले १० ओभर बलिङ गर्दै ५३ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान दासुन शानाका, लाहिरु कुमारा र दिलशान मदुशङ्काले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले ४७.४ ओभरमा अलआउट हुँदै २१३ रन जोड्यो ।

श्रीलंकाका लागि धनन्जय दि सिल्भाले १११ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ९३ रनको अर्धशतकिय पारी खेल्दा दिमुथ कारुणारत्नेले ५१ बल खेल्दै २ चौका प्रहार गर्दै ३३ रन जोडे ।

त्यस्तै, महेश थिक्शानाले ४७ बलमा १ चौका प्रहार गर्दै २८ रन जोड्दै पेविलियन फर्किदा वानिन्दु हशरंगाले २१ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोड्दै पेविलियन फर्किए ।

विकेटकिपर कुसल मेन्डिसले १४ बल खेल्दै १ चौका मद्दतमा १० रन जोड्दै पेविलियन फर्किदा कप्तान दासुन शानाकाले ५, छरिथ असलङ्का र लाहिरु कुमाराले २–२ र सदेशा सामाराविक्रामा १ रनमा आउट भए ।

यता, दिलशान मदुशङ्का १ रनमा अविजित रहँदा पाथुम निस्साङ्का शुन्य रनमा पेविलियन फर्किए । श्रीलंकाले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

नेडरल्याण्ड्सका लागि लोगान भ्यान बिकले ९ ओभर बलिङ गर्दै २ मेडन राखेर २६ रन दिँदै ३ विकेट लिँदा बास दि लिडले ९.४ ओभर बलिङ गर्दै ४२ रन खर्चिएर ३ विकेट लिए ।

त्यस्तै, सक्विब जुल्फिकरले २ विकेट लिँदा रायन क्लेन र आर्यान दत्तले समान १–१ विकेट लिए ।

सुपर ६ प्रतियोगिताअन्तर्गत भोली अर्थात् सनिवार स्कटल्याण्डले वेस्ट इन्डिजको सामना गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.