
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले श्रीलंकालाई प्रतिबन्ध लगाएको छ ।
श्रीलंककाको फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै जनवरी २१ बाट लागू हुने गरेर फिफाले प्रतिबन्ध लगाएको हो ।
फुटबल श्रीलंकाले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने कुनैपनि विकास र प्रशिक्षणका कार्यक्रममा सहभागिता जनाउन पाउने छैन ।
प्रतिबन्ध फुकुवा नभएसम्म कुनैपनि श्रीलंकाले कुनैपनि फुटबल गतिविधिमा भाग लिन पाउने छैन ।
सोही कारण असारमा हुने साफ च्याम्पियनसिपमा श्रीलंकाको सहभागिता अन्योलग्रस्त भएको छ ।