भक्तपुर । नेपाली फ्रेन्चाइज टोली कर्णाली याक्सले भारतिय पुर्व राष्ट्रिय खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ३८ वर्षिय चर्चित भारतिय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको हो ।
ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहेको कर्णाली याक्सले धवनलाई चौथौं विदेशी खेलाडीका रुपमा क्लबमा भित्र्याउन सफल भयो ।
यसअघि क्लबले पाकिस्तानका मोहम्मद हुसेन तलात, वेस्ट इन्डिजका चादविक एन्टोनियो किर्कप्याट्रिक वाल्टन र हङकङका बाबर हायातलाई भित्र्याइसकेका छन् ।
समर्थकमाझ गबरका रुपमा समेत परिचित धवनले भारतका लागि टेस्ट, एकदिवसिय र टि–२० फम्र्याटबाट क्रिकेट खेलिसकेका छन् ।
उनको सम्झौता रकम भने सार्वजनिक गरिएको छैन ।
धवनले भारतिय शीर्ष फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबाट व्यवसायिक क्रिकेट खेलिसकेको छन् ।
एनपिएल यहि मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा हुने तालिका रहेको छ ।