भक्तपुर । काठमाडौंमा जारी वेस्ट इन्डिज ‘ए’ विरुद्वको पाँच खेलको टि–२० सिरिजअन्तर्गत पाँचौं तथा अन्तिम खेल नेपालले जितेको छ ।

सनिवार भएको सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जित हासिल गरेको हो ।

यसअघि नै सिरिज जितिसकेको वेस्ट इन्डिजले टि–२० सिरिजमा पाँच मध्ये ३ खेल जित्दा नेपालले भने दुई खेल जित्न सफल भयो ।

वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा जुनमा हुने आईसीसी टि–२० विश्वकपको तयारीमा रहेको नेपालले समग्रमा बलियो टेस्ट राष्ट्रविरुद्वको सिरिजमा राम्रो प्रदर्शन गर्दै सुखद अन्त्य गर्यो ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १७३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले ३५ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडेर अविजित रहँदा अर्का ओपनर कुशल भुर्तेलले ९ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।

यता, दिपेन्द्र सिंह ऐरी भने ५ रन जोड्दै आउट भए ।

नेपालले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि ओबेड म्याककोयले ३.५ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ३ विकेट लिँदा म्याथ्यु फोर्डेले ३ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७२ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि अलिक अथानाजले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहँदा रोस्टन चेसले २३ बल खेल्दै ५ चौका प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान जोनसन चार्लिसले २० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा म्याथ्यु फोर्डेले १२ बल खेल्नेक्रममा ३ छक्का प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर कडिम एलेनले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा मार्क डेयालले १९ बल खेल्दै ११ रन जोडेर पेविलियन फर्किए ।

हाडेन वाल्स ७ रनमा अविजित रहँदा फाबियान एलान ३ र गुडकेश मोटीई १ रनमा पेविलियन फर्किए ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

नेपालका लागि सागर ढकालले २ ओभर बलिङ गर्दै १७ रन दिएर ३ विकेट लिँदा सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट लिए ।

त्यस्तै, अबिनाश बोहराले ४ ओभर बलिङ गर्दै ४९ रन खर्चिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.