एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा वेस्ट इन्डिजले पाकिस्तानलाई ३ रनले पराजित गरेको छ ।

आइतवार राति भएको खेलमा ११७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा ११३ रनमा समेतिएसंगै वेस्ट इन्डिज ३ रनले विजयी भएको हो ।

बोलाण्ड पार्क रंगशालामा भएको खेलमा पाकिस्तानका लागि आलिया रियाजले २३ बलमा ४ चौका मद्दतमा २९ रन जोड्दा निदा दारले ३१ बलमा १ चौका प्रहार गर्दै २७ रन जोडिन् ।

त्यस्तै, कप्तान बिस्मह मारुफले ३३ बलमा २ चौका प्रहार गर्दै २६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विकेटकिपर मुनिबा अलि ५, सिद्रा आमेन ८ रनमा आउट हुँदा फातिमा साना ९ रनमा अविजित रहिन् ।

वेस्ट इन्डिजका लागि कप्तान हेली म्याथ्युजले २ विकेट लिँदा शमेलिया कनेल, करिश्मा रामाराक र अफि फ्रलेचरले समान १–१ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ११६ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि विकेटकिपर राशादा विलियम्सले ३४ बलमा २ चौका प्रहार गर्दै सर्वाधिक ३० रन बनाईन् ।

त्यस्तै, शेमेइन क्याम्पबलले २६ बलमा १ चौका मद्दतमा २२ रन जोड्दा कप्तान हेइली म्याथ्युजले २१ बल खेल्दै ३ चौका मद्दतमा २० रन जोडिन् ।

सबिका गजनबीले १३ रनमा आउट हुँदा सिनेली हेनरी ११ रनमा पेविलियन फर्किइन् । वेस्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अलिया अलेयान ९ रनमा आउट हुँदा अफि फ्रलेचर ४ तथा त्रिशान होल्डर १ रनमा अविजित रहिन् ।

पाकिस्तानका लागि निदा दारले २ विकेट लिँदा साहिदा इकबाल, फातिमा साना, नाशरा सन्धु र तुबा हसनले समान १–१ विकेट लिईन् ।

पाकिस्तानमाथि जित हात पारेको वेस्ट इन्डिजको जारी विश्वकपमा ४ खेलमा ४ अंक भएको छ । पराजित पाकिस्तानको भने ३ खेलमा २ अंक छ ।

वेस्ट इन्डिज समूह ‘बी’ को तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथौं स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.