SHARJAH, UNITED ARAB EMIRATES - OCTOBER 18: Players of New Zealand celebrate after defeating West Indies during the ICC Women's T20 World Cup Semi-Final 2024 match between West Indies and New Zealand at Sharjah Cricket Stadium on October 18, 2024 in Sharjah, United Arab Emirates. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

एजेन्सी । वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड आईसीसी महिला टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार राति भएको सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

योसंगै उपाधिका लागि फाइनल खेलमा न्युजिल्याण्डले साविक उपविजेता समेत रहेको दक्षिण अफ्रिकासंग खेल्ने पक्का भएको छ ।

युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा १२९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरको खेल खेल्नेक्रममा ८ विकेट गुमाएर मात्र १२० रनमा समेतियो ।

वेस्ट इन्डिजका लागि डियन्ड्र डोटिनले २२ बलमा ३ छक्का प्रहार गर्दै ३३ रन जोड्दा अफे फ्लेट्चरले १५ बल खेल्दै १ चौका प्रहार गरेर १७ रन जोडेर अविजित रहिन् ।

त्यस्तै, जैदा जेम्सले ८ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा स्टाफाइन टेलरले २० बल खेल्नेक्रममा १ चौका मद्दतमा १३ रन जोड्दै पेविलियन फर्किन् ।

यता, कप्तान तथा ओपनर ब्याटर हेले म्याथ्युजले २१ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा अर्का ओपनर क्वाना जोसेफले १२ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किन् ।

अस्मिनी मुनिसार १ रनमा अविजित रहँदा आलिया अलेन ४, विकेटकिपर शेमाइन क्याम्पबेल ३ र चेडिन नेसन शुन्य रनमा पेविलियन फर्किन् ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

न्युजिल्याण्डलाई फाइनलमा पु¥याउन इडेन कार्सनले ३ विकेट लिँदा एमेलिया केरले २, फ्रन जोनास, लिया टहुहु र सुजी बेटिसले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १२८ रन जोड्यो ।

न्युजिल्याण्डका लागि ओपनर ब्याटर जर्जिया प्लिमरले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा अर्का ओपनर सुजी बेटिसले २८ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, इजे गेजले १४ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर अविजित रहँदा ब्रुक हलिडेले ९ बल खेल्दै २ चौका प्रहार गरेर १८ रन जोड्दै पेविलियन फर्किन् ।

यता, कप्तान सोफी डेभाइनले १२ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा एमिला केर ७, लिया टहुहु ६, म्याडी ग्रीन ३ र रोजम्यारी मैर २ रन जोड्दै पेविलियन फर्किन् ।

न्युजिल्याण्डले अतिरिक्त रुपमा १ रन जोड्यो ।

वेस्ट इनिडजका लागि डियान्ड्र गोटिनले सर्वाधिक ४ विकेट लिँदा अफे फ्लेट्चरले २ तथा फरान जोनास, लिया टुहुहु, तथा सुजी बेटिस समान १–१ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.