
एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा वेस्टह्याम युनाइटेडमाथि सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडमाथि ३–० को सहज जित निकालेको हो ।
म्यानचेस्टरस्थित ओल्डट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा आलेहान्ड्रो ग्रानाचोले दुई गोल गर्दा रासमुस होइज्लुण्डले एक गोल गरे ।
पहिलो हाफको २३ औं मिनटमा क्यासिमेरोको असिस्टमा होइज्लुण्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजको असिस्टमा ग्रानाचोले गोल थप्दै युनाइटेडलाई २–० ले अघि बढाए ।
यता, ८४ औं मिनेटमा स्कट म्याकटोनीको पासमा ग्रानाचोले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा युनाइटेड ३–० ले विजयी भयो ।
सहज जितसंगै युनाइटेडले लिग तालिकामा २३ खेलबाट ३८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित वेस्टह्यामको भने समान २३ खेलमा ३६ अंक रहेको छ ।
वेस्टह्याम तालिकाको सातौं स्थानमा झरेको छ ।
आईतवार राति नै भएको अन्य खेलहरुमा एएफसी बर्नमाउथ र नटिङघम फोरेस्टले १–१ को बराबरी खेल्दा चेल्सी भने उल्भ्ससंग ४–२ ले स्तब्ध बनेको छ ।