
एजेन्सी । वेस्टह्याम युनाइटेडमाथि फराकिलो जित निकाल्दै लिभरपूल इंग्लिस प्रतियोगिता इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा वेस्टह्याम युनाइटेडमाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपूल इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलको २८ औं मिनेटमा जरेल क्वानसाहको पासमा डोमिनिक स्बोज्लाइको गोलमार्फत् लिभरपूलले सुरुवाती अग्रता लियो ।
त्यसपछि दोस्रो हाफको ५६ औं मिनेटमा डार्विन नुनेजको पासमा कुर्टिस जोन्सले थोल थप्दाा लिभरपूल २–० ले अघि बढ्यो ।
यता, ७१ औं मिनेटमा कोडी गाक्पोले गोल थप्दा मर्सिसाइड क्लब ३–० को आरामदायी अग्रतातर्फ लम्कियो ।
तर, ७७ औं मिनेटमा भ्रमणकारी टोलीका जारोड बावेनले गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
खेलको ८२ औं मिनेटमा ट्रेन्ट अलाक्जान्डर आर्नोल्डको पासमा मोहम्मद सल्लाहले गोल थप्दा लिभरपूल ४–१ ले अघि बढ्यो ।
त्यसको २ मिनेटपछि नै कुर्टिस जोन्सले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा लिभरपूल ५–१ ले विजयी भयो ।