एजेन्सी । आर्सनलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा वेस्टह्याम युनाइटेडमाथि गोल वर्षा गरेको छ ।

आईतवार राति भएको खेलमा उपाधि होडमा रहेको आर्सनलले वेस्टह्याम युनाइटेडमाथि ६–० को गोल वर्षा गरेको हो ।

वेस्टह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली आर्सनलको जितमा बुकायो साकाले दुई गोल गर्दा विलियम सालिबा, ग्राबियल, लियान्ड्रो ट्रोसार्ड र डिक्लेन राइसले समान एक–एक गोल गरे ।

एकतर्फी खेलको ३२ औं मिनेटमा राइसको पासमा सालिबाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ४१ औं मिनेटमा साकाले पेनाल्टीमार्फत गोल थप्दै आर्सनललाई २–० ले अघि बढाए ।

त्यसको ३ मिनेटपछि नै राइसको पासमा ग्राबियलले गोल थप्दा गर्नस ३–० ले अघि बढ्यो ।

पहिलो हाफको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ओडिगार्डको असिस्टमा ट्रोसार्डले गोल थप्दा आर्सनल पहिलो हाफसम्ममा ४–० को फराकिलो अग्रतामा अघि बढ्यो ।

यता, दोस्रो हाफको ६३ औं मिनेटमा ओडिआर्डको पासमा साकाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा आर्सनल ५–० ले अघि बढ्यो ।

त्यसको दुई मिनेट लगत्तै बिन ह्वाइटको पासमा राइसले गोल थप्दा आर्सनल ६–० ले विजयी भयो ।

फराकिलो जितसंगै आर्सनलले २४ खेलमा ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

घरेलु टोली वेस्टह्यामको भने समान खेलमा ३६ अंक रहेको छ ।

पराजयसंगै वेस्टह्याम तालिकाको आठौं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.