भक्तपुर । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग पराजित भएको छ ।
बिहिवार नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।
टस जिति पहिला ब्याटिङमा उत्रिएको नेपालले १ सय २० रनको सामान्य विजयी लक्ष्य स्कटल्याण्ड २ स्कटल्याण्डलाई दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डल दुई विकेटको क्षतिमा मात्र १६ ओभर ५ बलमा लक्ष्य पूरा गर्यो ।
स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन जोडे । त्यस्तै, जर्ज मुन्सिले ४५ रनको योगदान गरे । यता, कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे ।
नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलम १ सय १९ रन बनाउँदै अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । त्यस्तै, ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २–२ विकेट लिए । त्यस्तै, क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले पनि समान १–१ विकेट लिए ।
जितसँगै स्कटल्याण्डले ३२ खेलमा ४६ अंक जोड्दै तालिकाको पहिलो स्थानमा कायम रह्यो । नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ ।
यस हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
लिग २ को शीर्ष तीन टिम आईसीसी विश्वकपमा सिधै छनोट हुनेछ । बाँकी चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।