
एजेन्सी । २२ औं संस्करणको फिफा विश्वकपको उपाधि उचालेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीलाई अर्जेन्टिनीहरुले भव्य स्वागत गर्ने भएका छन् ।
अर्जेन्टिनी सरकारले विश्वकप जितेको खुसीयाली मनाउन मंगलवार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।
अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ ।
यस्तै, ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा खुसियाली मनाउन कार्यक्रम समेत राखिएको छ ।
अर्जेन्टिना फुटबल संघले पनि विज्ञप्ति निकाल्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउने जनाएको छ ।
अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो ।