भक्तपुर । जिम्बावेमा हुने आईसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय अन्तिम नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
आईतवार नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।
विश्वकप छनोटका लागि कप्तान रोहित पौडेलसंगै कुशल भुर्तेल, विकेटकिपर आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, भिम सार्की, प्रतिस जिसी, ललित राजबंशी, अर्जुन साउद र किशोर महतो, छनोटमा परेका छन् ।
१० राष्ट्र सहभागी हुने छनोटलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा नेपालसंगै आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेडरल्याण्ड्स र संयुक्त राज्य अमेरिका (युएसए) रहेका छन् ।
नेपालले असार ३ गते जिम्बावेसंग खेल्दै छनोट यात्रा सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले युएसएसंग असार ५ गते खेल्ने तालिका रहँदा असार ७ गते बलियो बेस्ट इन्डिजसंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, असार ९ गते डच टोलीसंग नेपालले अन्तिम खेल खेल्नेछ ।
त्यसअघि नेपालले विश्वकप छनोटको तयारीका लागि दुई अभ्यास खेल खेल्नेछ । पहिलो खेल युनाइटेड अरब इमिरेट्स (युएई) संग जेठ ३० गते खेल्ने तयारी छ भने त्यसको दुई दिनपछि ओमानसंग दोस्रो खेल खेल्नेछ ।