
एजेन्सी । अष्ट्रेलिया एएफसी विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बहराइनसंग स्तब्ध बनेको छ ।
विहिवार भएको खेलमा एसियाली फुटबलको बलियो राष्ट्र अष्ट्रेलिया बहराइनसंग १–० ले स्तब्ध बनेको हो ।
अष्ट्रेलियाको घरेलु मैदान सिबुस सुपर स्टेडियममा भएको खेलमा खेलको अन्त्यतिर घरेलु टोलीका ह्यारी सौटरले आत्मघाती गोल गर्न पुग्दा बहराइनले रोमाञ्चक जित निकाल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७७ औं मिनेटमा कुसिनी एन्गीले रातो कार्ड खान पुग्दा अष्ट्रेलिया १० खेलाडीमा समेतिन पुग्यो ।
यता, खेलको ८९ औं मिनेटमा सौटरले आत्मघाती गोल गर्दा घरेलु टोली १–० ले पराजित भयो ।
योसंगै महत्वपूर्ण जित हासिल गरेको बहराइनले समूह ‘सी’ मा ३ अंक जोड्न सफल भयो ।