एजेन्सी । छिमेकी राष्ट्र चीन एएफसी विश्वकप छनोटअन्तर्गत खेलमा साउदी अरबियासंग पराजित भएको छ ।

मंगलवार राति भएको एसियाली महादेशको विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मित्र राष्ट्र चीन साउदी अरबियासंग अन्तिम केही समय सम्हालिन नसक्दा २–१ ले पराजित भएको हो ।

चीनको घरेलु मैदान डालियान सुयुवान फुटबल रंगशालामा भएको खेलमा १० खेलाडीमा समेतिएको भ्रमणकारी टोली साउदी अरबियाका लागि हस्सन काडिशले दुबै गोल गरे ।

त्यस्तै, भ्रमणकारी टोलीका अली लाजामीले घरेलु टोलीलाई एक आत्मघाती गोल उपहार दिए ।

खेल सुरु भएको १४ औं मिनेटमा लाजामीको आत्मघाती गोलको मद्दतमा चीनले सुरुवाती अग्रता लियो ।

यता, १९ औं मिनेटमा मोहम्मेद कानोले रातो कार्ड पाउँदा साउदी अरबिया १० खेलाडीमा समेतियो ।

तर, खेलको ३९ औं मिनेटमा नासेर अल डौसारीको पासमा काडिशले भ्रमणकारी टोलीका लागि गोल गर्दा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि खेलको अन्त्यतिर ९० औं मिनेटमा मुसब अल जुवायरको पासमा काडिसले दोस्रो गोल गर्दा साउदी अरबिया २–१ ले विजयी भयो ।

जितसंगै साउदी अरबियाले २ खेलमा ४ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लेको छ ।

पराजित चीनले भने २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.