
एजेन्सी । लियोनल मेसीबिना मैदान उत्रिएको अर्जेन्टिनाले कोन्मेबोल विश्वकप छनोटमा उरुग्वेमाथि जित निकालेको छ ।
सनिवार विहान भएको खेलमा विश्व विजेता अर्जेन्टिनाले उरुग्वेमाथि १–० को जित निकालेको हो ।
उरुग्वेको घरेलु मैदान इस्टाडियो सेन्टेनारियो रंगशालामा भएको खेलमा भ्रमणकारी टोली अर्जेन्टिनालाई जिताउन थियागो अल्माडाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६८ औं मिनेटमा जुलियान अल्भारेजको पासमा अल्माडाले गोल गर्दा अर्जेन्टिना १–० ले विजयी भयो ।
जितसंगै अर्जेन्टिनाले १३ खेलबाट २८ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित उरुग्वेको समान १३ खेलबाट २० अंकसहित तालिकाको चौथौं स्थानमा झरेको छ ।