एजेन्सी । पेरुले कोन्मेबोल विश्वकप छनोटअन्तर्गत खेलमा उरुग्वेमाथि जित निकालेको छ ।
सनिवार विहान भएको खेलमा पेरुले उरुग्वेमाथि १–० को जित निकालेको हो ।
पेरुको घरेलु मैदान इस्टाडियो नासियोनल दि लिमा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मियुएल अरौजोले निर्णायक गोल गरे ।
मियुएलले खेलको अन्त्यतिर ८८ औं मिनेटमा गोल गर्दै पेरुलाई जित दिलाए । ु
उक्त गोलका लागि पेइरो क्विस्पेले असिस्ट प्रदान गरे ।
महत्वपूर्ण जितसंगै पेरुले ९ खेलबाट ६ अंक जोडेर छनोट तालिकाको ९ औं स्थानमा उक्लिएको छ ।
पराजित उरुग्वे भने ९ खेलबाट १५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।