
एजेन्सी । ब्राजिलले कोन्मेबल विश्वकप छनोटअन्तर्गत खेलमा इक्वेडरमाथि साँघुरो जित निकालेको छ ।
सनिवार विहान भएको खेलमा ब्राजिलले इक्वेडरमाथि १–० को साँघुरो जित निकालेको हो ।
बा्रजिलको घरेलु मैदान कौटो पेरैरा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रोड्रिगोले एकमात्र निर्णायक गोल गरे ।
पहिलो हाफको ३० औं मिनेटमा लुकास पक्वेटाको पासमा रोड्रिगोले गरेको गोल निर्णायक बन्दा खेल ब्राजिलले १–० ले जित्या् ।
जितसंगै ब्राजिलले ७ खेलबाट १० अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा उक्लेको छ ।
पराजित इक्वेडरको भने समान ७ खेलमा ८ अंक सहित तालिकाको छैटौं स्थानमा झरेको छ ।