
एजेन्सी । इंग्ल्याण्डले युईएफए विश्वकप छनोटअन्तर्गत खेलमा अल्बानियामाथि सहज जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा बलियो इंग्ल्याण्डले अल्बानियामाथि २–० को सहज जित निकालेको हो ।
इंग्ल्याण्डको घरेलु मैदान वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान ह्यारी केन र मेलिस लेविस स्केलीले गोल गरे ।
पहिलो हाफको २० औं मिनेटमा जुधे बेलिङघमको पासमा स्केलीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ७७ औं मिनेटमा डिक्लेन राइसको पासमा केनले गोल गर्दा इंग्ल्याण्ड २–० ले विजयी भयो ।
सहज जितसंगै इंग्ल्याण्डले समूह ‘के’ मा ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पराजित अल्बानियाले भने अंकको खाता नै खोल्न सकेको छैन ।