
भक्तपुर । एसियाली क्षेत्रको फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
आईतवार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एन्नेसले विश्वकप छनोट खेल्ने २३ सदस्सीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा कप्तान किरण कुमार लिम्बुसहित अभिषेक बराल, अभिषेक लिम्बु, अनन्त तामाङ, भरत खवास, बिमल पाण्डे, विशाल बस्नेत, बिशाल सुनार, छिरिङ लामा, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, रोहित चन्द, सनिश श्रेष्ठ, सञ्जिब श्रेष्ठ, सौभाग्य राई, आयुष घलान, बसन्त जिम्बा, आषिक बाबु चौधरी र आशिष राई समेतिएका छन् ।
नेपालले छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) संग जेठ २४ गते र यमनसंग जेठ २९ गते खेल्ने तालिका रहेको छ ।
युएईविरुद्वको खेल घरेलु मैदानमै खेल्नुपर्ने भएतापनि एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै विश्वकप छनोटका न्यूट्रल भेन्यु गर्न भनेपछि साउदी अरबियामा हुने भएको छ ।
छनोट खेल्न जान लागेको नेपाली टोलीलाई एन्फाले आईतवार नै विदाई गरेको छ ।