एजेन्सी । एसियाली फुटबलको शक्ति राष्ट्र दक्षिण कोरियाले एएफसी विश्वकप छनोटअन्तर्गत खेलमा मित्र राष्ट्र चीनमाथि जित निकालेको छ ।

मंगलवार भएको एसियाली क्षेत्रको विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा दक्षिण कोरियाले चीनमाथि १–० को जित निकालेको हो ।

दक्षिणको कोरियाको घरेलु मैदान सियोल वल्र्ड कप स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन लि काङ इनले एकमात्र निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६१ औं मिनेटमा लि काङ इनले गोल गर्दै कोरियालाई १–० ले जित दिलाए ।

जितसंगै समूह ‘सी’ मा रहेको कोरियाले ६ खेलबाट ५ खेलमा जित र १ खेलमा बराबरीको नतिजासहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहेर अघिल्लो चरण तय गर्यो ।

पराजयका बाबजुद पनि चीनले ६ खेलबाट ६ नै अंक जोड्दै तालिकामा दोस्रो स्थानमा रहँदै अघिल्लो चरण पक्का गर्यो ।

सोहि समूहको अर्को खेलमा थाइल्याण्डले सिङ्गापुरमाथि ३–१ को जित हासिल गर्यो ।

थाइल्याण्ड समूह तालिकाको तेस्रो र सिंङ्गापुर पुच्छारमा रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.