भक्तपुर । फिफा विश्वकपअन्तर्गत सनिवार राति तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ ।

जारी विश्वकपको सेमिफाइनल खेलमा पराजित दुई राष्ट्र तेस्रो स्थानका लागि खेल्ने गर्दछ । विश्वकपमा तेस्रो स्थानलाई प्रतिष्ठाको लडाई पनि मान्ने गरिन्छ ।

आज तेस्रो स्थानको लागि युरोपेली राष्ट्र क्रोएसिया र उत्तर अफ्रिकी राष्ट्र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तोमा आजको खेलमा प्रभाव पार्न सक्ने दुबै राष्ट्रका एक–एक खेलाडीबारे चर्चा गरौं ।


लुक्का मोड्रिच (क्रोएसिया)
सन् १९८५ सप्टेम्बर ९ तारिखमा जन्मिएका लुक्का मोड्रिच क्रोएसियाका कप्तान हुन् । जारी विश्वकपमा क्रोएसियालाई सेमिफाइनलसम्म पु¥याउन उनको महत्वपूर्ण भूमिका रहेको छ ।

मिडफिल्डको प्राय सबै पोजिसनबाट खेल्न सक्ने ३७ वर्षिय खेलाडीले जारी विश्वकपमा गोलको खाता भने खोल्न सकेको छैन ।

तर, खेललाई नियन्त्रण गर्न सक्ने खुबी रहेको मोड्रिचले कुनैपनि समय खेललाई परिर्वतन गर्न सक्छ ।

व्यवसायिक रुपमा स्पेनिस क्लब रियल मड्रिडबाट खेल्ने उनले क्लबका लागि सबै खाले उपाधि जितिसकेका छन् ।

त्यस्तै, व्यक्तिगत रुपमा पनि ला लिगाको उत्कृष्ट मिडफिल्डर अवार्ड (२०१६), यूईएफए क्लब फुटबल अवार्ड (२०१७÷१८), फिफाको पुरुष सर्बोकृष्ट अवार्ड (२०१८) तथा बेलोन डीओआर (२०१९) बाट पनि सम्मानित भइसकेका छन् ।

१० नम्बरको जर्सीमा देखिने  निक्कै नै अनुभवी र पाका खेलाडी मोड्रिच मोरक्को विरुद्वको खेलमा निर्णायक बन्न सक्नेछन् ।

हाकिम जियाच (मोरक्को)
मोरक्कोका लागि विङ्गर र अट्याकिङ मिडफिल्डरमा खेल्ने युवा खेलाडी जियाच महत्वपूर्ण खेलाडी हुन् ।

सन् १९९३ मार्च १९ मा जन्मेका जियाच व्यवसायिक रुपमा इंग्लिस क्लब चेल्सीबाट खेल्ने गर्छन् ।

नेडरल्याण्डमा जन्मेका उनले डच राष्ट्रबाट खेल्न पाउँदा पाउँदै पनि उनका बुबाको देश मोरक्कोको जर्सीबाट फुटबल खेले ।

सन् २०१८ को रसिया विश्वकप पनि मोरक्कोबाट खेलेका उनलाई ड्रिविलिङ, लामो पास, टेकनिक र फिकिक प्रहारका लागि उत्कृष्ट मान्ने गरिन्छ ।

एक समय मोरक्कोको राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका जियाच विश्वकपका लागि पुनः मैदान फर्किएका हुन् ।

कतार विश्वकपमा मोरक्कोले एतिहासिक रुपमा सेमिफाइनलको यात्रा तय गर्दा जियाचको प्रदर्शन निक्कै नै सशक्त रह्यो ।

जारी विश्वकपमा उनको नाममा एक गोल पनि छ । मोरक्कोका लागि ४९ खेलमा १९ गोल गरिसकेका छन् ।

आज राति हुने क्रोएसियाविरुद्वको खेलमा मोरक्कोका लागि युवा उदयमान खेलाडी जियाच प्रमूख खेलाडी रहन सक्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.