भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई शुक्रवार विहान बालुवाटरमा सम्मान गर्दै जनही ३ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेटको जिम्बाबेमा हुने क्वालिफायरमा छनोट हुन सफल भएका खेलाडीहरुलाई सम्मान गर्दै उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले टियु क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्ने कार्य अगाडी बढाउन राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिएका छन् ।

‘कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु,’

प्रधानमन्त्रीले थपे, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’

त्यसअघि मधेस सरकारले पनि राष्ट्रिय टोलीका विकेटकिपर आसिफ शेख, आरिफ शेख र गुलशन झालाई पुरस्कार स्वरुप जनही रु. २ लाख दिने घोषणा गरेको थियो ।

विहिवार भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्वको अन्तिम खेलमा नेपालले दिएलएस पद्दतिमार्फत ९ रनको रोमाञ्चक जित हात पारेको थियो ।

उक्त जितसंगै नेपाल तालिकाको शीर्ष तीनमा उक्लिन सफल भएसंगै जिम्बावे हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट भएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.