भक्तपुर । निधारित ९० र अतिरिक्त ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबे्रकरमा क्रोएसियाले उपाधि दाबेदार ब्राजिललाई स्तब्ध पार्दै फिफा विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ ।

पेनाल्टी सुटआउटमा क्रोएसियाले चार गोल गर्दा ब्राजिलले दुई पेनाल्टी गोल गर्न सक्यो ।

साविक उपविजेता क्रोएसियाका लागि निकोला भ्लासिक, लोभ्रो मजेर, लुका मोड्रिक र मिस्लाभ ओर्सिकले गोल गर्दा ब्राजिलका लागि क्यासिमेरो र पेड्रोले गोल गरे ।

रोड्रिगोको पेनाल्टी क्रोएसियाका गोलकिपर दोमिनिक लिभाकोभिकले बचाउँदा माक्विन्होसको प्रहार पोलमा लाग्दै बाहिरिएको थियो ।

यसअघि शुक्रवार राति भएको खेल निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट लम्बिएको थियो ।

विपक्षीमाथि निरन्तर दवाव सिर्जना गरेपनि उपाधि दाबेदार दक्षिण अमेरिकी राष्ट्रले गोलका लागि अतिरिक्त समयको १०५ औं मिनेटसम्म कुर्नुपरेको थियो ।

इड्युकेशन सिटी रंगशालामा निर्धारित ९० मिनेटको खेलमा ब्राजिलले क्रोएसियाको पोस्टमा १६ प्रहार गर्यो ।

जसमा ८ प्रहार टाग्रेटमा थियो । क्रोएसियाका गोलकिपर दोमिनिक लिभाकोभिकले ती सबै प्रहार निरन्तर रुपमा बिफल पार्दै गए । जसले गर्दा निर्धारित समय गोलरहित बराबरीमा रोकिन पुग्यो ।

यता, खेलको अधिकांश समय रक्षात्मक खेलेको क्रोएसियाले काउन्टरमा केहि मौका सिर्जना गर्ने प्रयास गरेता पनि एक सट पनि टाग्रेटमा पार्न सकेन ।

ब्राजिलका कप्तान समेत रहेका नेइमारले लुकास पक्वेइटासंग आकर्षक वान टु वान मूव सिर्जना गर्दै विपक्षी गोलकिपरलाई विट गर्दै आकर्षक गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए ।

तर, क्रोएसियाले अन्त्यतिर गोल फर्काउदा खेल नाटकिय रुपमा ट्राइब्रेकरमा पुगेको थियो । ११६ औं मिनेटमा ब्रनो पेटकोभिकले गोल गर्दा खेल १–१ को बराबरीमा टुंगियो ।

योसंगै खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत भयो । जसमा युरोपेली राष्ट्र क्रोएसियाले ब्राजिललाई सनसनी रुपमा पराजित गर्यो ।

यसअघि पनि प्रि–क्वाटरफाइनल खेलमा क्रोएसियाले जापानमाथि पेनाल्टी सुटआउटमा जित हात पारेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.