भक्तपुर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी–२० फ्रेन्चाइज लिगका लागि विराटनगर सुपर किङ्ग्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ ।
विराटनगरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पहिलो संस्करणको नेपाल टी–२० का लागि विदेशी खेलाडीको कोटामा तलातलाई भित्र्याएको जनाएको हो ।
“म हुसैन तलातलाई विदेशी खेलाडीको रुपमा विराटनगर सुपर किङ्ग्समा भित्र्याउन घोषणा गर्न पाउँदा खुसी छु । उनी खेलमा बल वा ब्याट दुवैबाट प्रभाव पार्न सक्छन्,” विराटनगर सुपर किङ्ग्सका मालिक आरके गुप्ताले भने ।
लिगको पहिलो संस्करण पुस ८ गतेदेखि २६ गतेसम्म हुनेछ ।