
भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत इलिमिनेटर खेलमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइटस्माथि १८३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितिर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८२ रन बनायो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा सर्वाधिक ६१ रन बनाए ।
त्यस्तै, हुसेन तलातले २३ बलमा ३८ रन जोड्दा राज ननानले १७ बलमा २३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।
काठमाडौंका लागि कमल सिंह ऐरी र अनिल खरेलले २–२ विकेट लिए । त्यस्तै, गौतम केसी र अभिनाश बोहराले १–१ विकेट लिए ।
यो खेलको विजेताले क्वालिफायर २ मा फाइनल प्रवेशका लागि जनकपुरसंग प्रतिस्पर्धा गर्नेछ ।