भक्तपुर । तेस्रो संस्करणको अन्तर विद्यालयस्तरिय सिद्वी स्मिृति भक्तपुर कप चौथौं दिन पनि जारी रह्यो ।

विहिवार भएको पहिलो खेलमा मनकामना सेकेन्डरी स्कुल जित हात पार्दा दोस्रो खेलमा विनायक शिक्षा निकतन विजयी रह्यो ।

भक्तपुरस्थित स्थानिय महश्वरी खेल मैदानमा भएको दोस्रो खेलमा विनायक शिक्षा निकेतनले पारागन एकेडेमीमाथि ३–० को जित हात पार्यो ।

सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । विनायकको जितमा दिपेन राईले २ गोल गर्दा प्रसङ्ग श्रेष्ठ १ गोल गरेका थिए ।

खेलको २२ औं मिनेटमा जर्सी नम्बर २१ का प्रसङ्गले गोल गर्दै विनायकलाई खेलमा १–० ले अघि बढाएका थिए ।

त्यसपछि दिपेनले २४ र २५ औं मिनेटमा लगातार २ गोल गर्दा विनायले खेल ३–० ले जित्यो ।

खेलको म्यान अफ द म्याच विनायकका दिपेन राई घोषित भए । दिपेनलाई भक्तपुर फुटबल क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीले ट्रफी हस्तान्तरण गरेका थिए ।

त्यस्तै, आजै (विहिवार) भएको पहिलो खेलमा मनकामना सेकेन्डरी स्कुलले मडरल्याण्ड सेकेन्डरी स्कुलमाथि ४–२ को जित निकाल्यो ।

१२ औं मिनेटमा जर्सी नम्बर १० का मानव बोजनले गोल गर्दै मनकामनालाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।

त्यपपछि १७ औं मिनेटमा जर्सी नम्बर ७ का रिसु खत्रीले गोल थप्दा मनकामना २–० ले अघि बढ्यो ।

यता, २९ औं मिनेटमा जर्सी नम्बर ९ का कृष्ण मोक्तानले गोल गर्दा पहिलो हाफ ३–० ले मनकामना अघि रह्यो ।

दोस्रो हाफको ३२ औं मिनेटमा जर्सी नम्बर ५ का रोबिन तामाङले गोल गर्दा मनकामना एकतर्फी रुपमा खेलमा ४–० ले अघि बढ्यो ।

तर, खेलको ३९ औं मिनेटमा जर्सी नम्बर १९ का क्रितिक भट्टराईले गोल फर्काउँदै मडरल्याण्डलाई खेलमा फर्काउने कोशिश गर्यो ।

त्यसको ३ मिनेट पछि मडरल्याण्डका जर्सी नम्बर १६ का जयाप्रसाद विकले गोल गर्दा खेल ४–२ को अवस्थामा आयो । त्यसपछि खेलमा थप गोल निस्किएन र खेल मनकामनाको पक्षमा सक्यो ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.