एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपअन्तर्गत भारत र आयरल्याण्डबीचको खेल बर्षाले प्रभावित भएपछि दिएलएस पद्दतिमार्फत भारत ५ रनले विजयी भएको छ ।

सोमवार राति भएको खेलमा भारतले प्रस्तुत गरेको १५६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ८.२ ओभर खेल्दा बर्षाले गर्दा खेल रोकिएको थियो ।

त्यतिन्जेल आयरल्याण्डले २ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न नसकिएपछि भारतलाई दिएलएस पद्दतमार्फत ५ रनले विजयी घोषित गरेको हो ।

जितसंगै भारत विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।

सेन्ट जोर्जेज पार्क रंगशालामा आयरल्याण्डका लागि गाबि लिविसले २५ बल खेल्दै ५ चौका मद्दतमा ३२ रन बनाउँदै अविजित रहिन् ।

त्यस्तै, कप्तान लौरा डेलानेले २० बल खेल्दा ३ चौका प्रहार गर्दै १७ रन जोडेकी थिईन् । यता, एमी हन्टर १ रनमा रन आउट हुँदा ओर्ला प्रेन्डेर्गास्ट शुन्य रनमा पेविलियन फकिईन् ।

भारतका लागि रेनुका सिंहले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

भारतका लागि स्मिृति मन्दनाले ५६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान गरिन् ।

त्यस्तै, शफाली बर्माले २९ बलको समाना गर्दै ३ चौका प्रहार गर्दै २४ रन बनाईन् । जेमिम्हा रोड्रिगेजले १२ बल खेल्दा ३ चौका प्रहार गर्दै १९ रन बनाउँदै पेविलियन फर्किदा कप्तान हमर्नप्रित कौरले २० बलकम १३ रन जोडिन् ।

पुजा भस्त्रकार २ रनमा अविजित रहिन् । भारतले अतिरिक्त रुपमा १० रन जोडेको थियो ।

आयरल्याण्डका लागि कप्तान लौराले डेलानेले सर्वाधिक ३ विकेट लिँदा ओर्ला प्रेन्डेर्गास्टले २ तथा अर्लेन केइलीले १ विकेट हात पारिन् ।

टि–२० विश्वकपको समूह ‘बी’ बाट इंग्ल्याण्ड विजता र भारत उपविजेताका रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.