Ishan Kishan and Hardik Pandya of India during the Asia Cup 2023 cricket match between Pakistan and India held at the Pallekele International Cricket Stadium, Kandy, Sri Lanka on the 2nd September, 2023. Photo by: Deepak Malik / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

एजेन्सी । बहुप्रतिक्षित भारतपाकिस्तानबीचको खेल वर्षाका कारण पूरा हुन नसकेपछि एसीसी एसिया कपअन्तर्गत समूह ‘ए’ को खेल रद्द गरिएको छ ।

सनिवार श्रीलंकास्थित पाल्लेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल वर्षाले प्रभावित बनेपछि दोस्रो इनिङ्स हुन नसकेपछि भारत र पाकिस्तानबीचको खेल रद्द गरिएको हो ।

खेल रद्द भएसंगै दुबै टोलीले १–१ अंक बाँधेको छ । योसंगै सह–आयोजक पाकिस्तानले २ खेलमा ३ अंक जोड्दै सेमिफाइनलको स्थान पक्का गरेको छ ।

अब भारतले भने सोमवार नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।

वर्षाले पटकपटक प्रभावित खेलको पहिलो इनिङ्स पूरा खेल्न पाएतापनि दोस्रो इनिङ्स भने सुरु नै हुन सकेन ।

त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन जोडेको थियो ।

भारतका लागि हार्दिक पाण्डेयाले ९० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर इशान किशनले ८१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गर्दै ८२ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, जसप्रित बुम्राहले १४ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोड्दा रविन्द्र जडेजाले २२ बल खेल्दै १ चौका मद्दतमा १४ रन जोड्दै पेविलियन फर्किए ।

यता, श्रेयस लेयरले ९ बलको सामना गर्दा २ चौका प्रहार गर्दै १४ रन जोड्दै आउट हुँदा कप्तान रोहित शर्मा २२ बलमा २ चौका मद्दतमा ११ रन जोड्दै पेविलयन फर्किए ।

शुभम् गिल १०, विराट कोहली र कुलदिप यादव समान ४–४ र शार्दुल ठाकुर ३ रन जोड्दै आउट भए । मोहम्मद सिराज १ रनमा अविजित रहे । भारतले अतिरिक्त रुपमा २० रन जोड्यो ।

पाकिस्तानका लागि शाहेन अफ्रिदीले १० ओभर बलिङ गर्दै २ मेडनसहित ३५ रन दिएर सर्वाधिक ४ विकेट लिँदा नसिम शाहले ८.५ ओभर बलिङ गर्दै ३६ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, ह्यारिस रौफले ९ ओभर बलिङ गर्दा ५८ रन खर्चिएर ३ विकेट हात पारे ।

प्रतियोगिताअन्तर्गत आईतवार बंगलादेश र अफगानिस्तानबीच खेल हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.