एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि जित हासिल गरेको छ ।

सोमवार राति भएको खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित हासिल गरेको हो ।

जितसंगै बलियो दक्षिण अफ्रिकाले समूह ‘डी’ मा २ अंक जोडेको छ ।

अमेरिकाको न्युयोर्कस्थित नास्सौ काउण्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको लो स्कोरिङ खेलमा ७८ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १६.२ ओभर खेल्नेक्रममा ४ विकेट गुमाउँदै ८० रन जोड्यो ।

दक्षिण अफ्रिकाको जितमा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर क्विन्टन डि ककले २७ बलमा १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किदा हेनरिक क्लासेनले २२ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर अविजित रहे ।

त्यस्तै, ट्रिस्टन स्टब्सले २८ बल खेल्नेक्रममा १३ रन जोडेर पेविलियन फर्किदा कप्तान एडेन मार्करामले १४ बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट भए ।

यता, डेभिड मिलर ६ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगाले ३.२ ओभर बलिङ गर्नेक्रममा २२ रन दिएर २ विकेट लिँदा नुवान थुशारा र दासुन शानाकाले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले १९.१ ओभरमा अलआउट हुँदै मात्र ७७ रन जोड्यो ।

श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर कुशल मेन्डिसले ३० बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा अंगेलो म्याथ्युजले १६ बलमा २ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, किमान्दु मेन्डिसले १५ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा दासुन शानका ९, चरिथ असलंका ६, अर्का ओपनर पाथुम निस्संका ३ रनमा पेविलयन फर्किए ।

महेश थेकशान ७ रनमा अविजित रहँदा श्रीलंकाका अन्य ४ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

श्रीलंकालाई सस्तैमा धरासायी बनाउन दक्षिण अफ्रिकाका लागि एनरिच नोर्टजेले ४ ओभर बलिङ गर्दै मात्र ७ रन दिएर सर्वाधिक ४ विकेट लिँदा कागिसो राबडाले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए ।

त्यस्तै, केशब महाराजले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर २ विकेट लिँदा ओटिनेल बार्टमानले ४ ओभरमा १ मेडन राख्दै मात्र ९ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.