एजेन्सी । लण्डन क्लब चेल्सी इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आईतवार साँझ भएको क्वाटरफाइनल खेलमा च्याम्पियनसिप क्लब लेस्टर सिटीमाथि ४–२ को जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा घरेलस टोलीको जितमा मार्क कुकुरेल्ला, कोल पाल्मर, कार्ने चुकुक्वेमेका र नोनी मद्वेकेले गोल गरे ।

पराजित भ्रमणकारी टोलीका लागि स्टेफे माभिदीदीले गोल गर्दा अर्को एक गोल चेल्सीका एलेक्स डिसासीको आत्मघातीमार्फत् प्राप्त भयो ।

खेल सुरु भएको १३ औं मिनेटमा निकोलास ज्याक्सनको पासमा कुकुरेल्लाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि २६ औं मिनेटमा रहिम स्टर्लिङ पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता बढाउने अवसरबाट चुक्न पुग्यो ।

तर, पहिलो हाफको अन्त्यतिर स्टपेज टाइमको पहिलो मिनेटमा स्टर्लिङको पासमा पाल्मरले गोल गर्दा चेल्सी २–० ले अघि बढ्यो ।

त्यसपछि दोस्रो हाफको ५१ औं मिनेटमा चेल्सीका डिसासीले आत्मघाती गोल गर्न पुग्दा खेल २–१ को अवस्थामा आयो ।

यता, ६२ औं मिनेटमा लेस्टरका माभिदीदीले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

तर, ७३ औं मिनेटमा कल्लुम डोयलेले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडीमा समेतियो ।

त्यसको भरपुर फाइदा भने लण्डन क्लबले उठायो ।

खेलको अन्तिम समयतिर इन्जुरी समयको दोस्रो मिनेटमा चुकुक्वेमेकाले गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए ।

त्यसको ६ मिनेटपछि मद्वेकेले गोल थप्दा चेल्सी ४–२ ले विजयी भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.