
भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा पोल्याण्डले साउदी अरबियामाथि सहज जित हात पारेको छ ।
सनिवार भएकोे दोस्रो खेलमा वर्तमान विश्व फुटबलका स्टार खेलाडी रोर्बटो लेवान्डोस्कीप्रेरित युरोपेली राष्ट्र पोल्याण्डले एसियाली राष्ट्र साउदी अरेबियामाथि २–० को जित निकालेको हो ।
इड्युकेशन सिटी रंगशालामा पोल्याण्डका लागि पहिलो गोल खेलको ३९ औं मिनेटमा लेवान्डेस्कीको पासमार्फत प्योट्री जेलेनस्कीले गरेका थिए ।
त्यसलगत्तै पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीले पेनाल्टी पाएको थियो । जसमा सलिम अल ड्वसारी चुकेपछि अरबी राष्ट्रले खेल बराबरी गर्ने सुनौलो अवसर खेर फाल्यो ।
प्रतिस्पर्धात्मक खेलको ८२ औं मिनेटमा लेवनन्डोस्कीले गोल गरेपछि पोल्याण्डले २–० को सहज जित हात पार्यो । सो गोल फिफा विश्वकपमा लेवान्डोस्कीको पहिलो गोल हो ।
जितसंगै पोल्याण्डले महत्वपूर्ण ३ अंक हासिल गर्दै समूह ‘सी’ को अंकतालिकामा ४ अंक जोड्यो । पराजित साउदी अरेबियाको ३ अंक रहेको छ ।