एजेन्सी । रोर्बट लेवन्डोस्कीप्रेरित खेलमा स्पेनिस महारथी बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि ३–० को सहज जित निकाल्यो ।
अलाभेसको घरेलु मैदान मेनडिजोरोजा रंगशालामा भएको खेलमा लेवान्डोस्कीले ह्याट्रिक हान्दै बार्सिलोनालाई जित दिलाए ।
खेल सुरु भएको सातौं मिनेटमा राफिन्हाको पासमा लेवान्डोस्कीले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २२ औं मिनेटमा राफिन्हाकै पासमा लेवान्डोस्कीले दोस्रो गोल गर्दा क्याटलान क्लब २–० ले अघि बढ्यो ।
यता, ३२ औं मिनेटमा इरिक गार्सियाको पासमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल भएन र बार्सिलोना ३–० ले विजयी भयो ।
सहज जितसंगै बार्सिलोनाले ला लिगाको तालिकामा ९ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित अलाभेसको भने समान ९ खेलमा १० अंकसहित तालिकाको १३ औं स्थानमा रहेको छ ।