एजेन्सी । पोलिस स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथि लागेको ३ खेलको प्रतिबन्ध कायमै रहने भएको छ ।
स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मूख्य फरवार्ड लेवान्डोस्कीले फिफा विश्वकप अघि ओसासुनाविरुद्धको खेलमा गोल गरेपछि विवादास्पद रूपमा खुसी मनाएका थिए ।
जुन कार्यलाई रेफ्रीले सहेनन् । त्यसपछि ३४ वर्षिय खेलाडीलाई ३ खेलको प्रतिबन्ध लगाएका थिए ।
बार्सिलोनाले सो निर्णय पुनरावलोकन माग राख्दै स्पेनिस एड्मिनिस्ट्रेटिभ कोर्ट अफ स्पोर्ट्समा अपिल गरेको थियो । तर, कोर्ट अफ स्पोर्ट्सले अपिल खारेज गरिदिएको छ ।
लेवान्डोस्कीको प्रतिबन्ध यथावत रहने निर्णय गरेको स्पेनिस मिडियाले जनाएको छ ।
अब बार्सिलोनाले खेल्ने एस्पानिओर, एट्लेटिको म्याड्रिड र गेटाफेविरुद्धको खेलमा लेवान्डोस्कीको साथ नपाउने भएको छ ।