एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखको एकाधिकारलाई तोड्दै बायर लेभरकुसेन जर्मन घरेलु फुटबलको नयाँ शक्ति बनेको छ ।

जर्मन शीर्ष घरेलु लिग बुडेसलिगामा लेभरकुसेनले बायर्न म्युनिखको दबदबालाई तोड्दै सन् २०२३–२४ सिजनको उपाधि जितेको हो ।

सिजनको अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अग्सबर्गमाथि २–१ को जित हासिल गरेसंगै लेभरकुसेनले अपराजित रहँदै लिग सक्यायो ।

जाभी अलन्सोको प्रशिक्षणमा रहेको लेभरकुसेनले लिगका सम्पुर्ण ३४ खेल खेलिसक्दा २८ खेलमा जित र ६ खेलमा बराबरीको नतिजा आत्मसाथ गर्दै लिग तालिकामा ९० अंक जोड्यो ।

यसक्रममा उसले ८९ गोल गर्‍यो भने २४ गोल मात्र खायो ।

लेभरकुसेनले निकतम प्रतिद्वन्दी भिएफबी स्टुगार्डसंग स्पष्ट रुपमा १७ अंकको अग्रता लियो ।

स्टुगार्डको तालिकामा ७३ अंक रहेको छ ।

जारी सिजन हालसम्म अपराजित ५१ खेल खेलिसकेको लेभरकुसेनले ऐतिहासिक ट्रिपल उपाधि जित्ने सम्भावना पनि कायम छ ।

युरोपेली फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिग र जर्मन प्रतिष्ठित प्रतियोगिता डिएफबी पोकलको फाइनल खेलमा लेभरकुसेन अर्को साता प्रतिस्पर्धामा उत्रिदैछ ।

त्यसको तीन दिनपछि जर्मनर कपको फाइनलमा काइजरर्स्लटनसँग भिड्नेछ ।

जर्मन घरेलु लिगको सर्वाधिक ३३ पटकको विजेता म्युनिख भने यो सिजन तेस्रो स्थानमा रह्यो ।

दशकयता कमजोर प्रदर्शन गरेको म्युनिखले ३४ खेलमा ७२ अंकमात्र जोड्न सक्यो ।

त्यसअघि सन् २०१३ देखि २०२३ सम्म लगातार ११ सिजन म्युनिखले बुडेसलिगाको उपाधि जितेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.