एजेन्सी । बायर लेभरकुसेनले जर्मन बुडेसलिगाअन्तर्गत खेलमा बायर्न म्युनिखलाई पराजित गरेको छ ।

सनिवार राति भएको खेलमा जारी सिजन उच्च लयमा रहेको बायर लेभरकुसेनले साविक विजेता समेत रहेको बायर्न म्युनिखलाई ३–० ले पराजित गरेको हो ।

लेभरकुसृनको घरेलु मैदान बायएरिना रंगशालामा भएको खेलमा उपाधि होडमा रहेको दुई टोलीको प्रतिस्पर्धामा घरेलु टोली लेभरकुसेनले बाजी मार्यो ।

निर्धारित समय भन्दा केहि ढिला गरि सुरु भएको खेलको १८ औं मिनेटमा रोर्बट एन्डरिचको पासमा जोसिप स्टानिसिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५० औं मिनेटमा नाथान टेल्लाको पासमा एलेक्स ग्रिमाल्डोले लेभरकुसेनका लागि गोल थप्दा खेल २–० ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर इन्जुरी समयको पाँचौं मिनेटमा इडमण्ड टापसोबाको पासमा जेरेमी फ्रिमपोङले गोल थप्दा लेभरकुसेन ३–० ले विजयी भयो ।

सहज जितसंगै लिग लिडर लेभरकुसेनले २१ खेलमा ५५ अंक जोडेको छ ।

यो भनेको साविक विजेता म्युनिखसंग ५ अंकको स्पष्ट अग्रता हो ।

म्युनिखको समान २१ खेलमा ५० अंक रहेको छ । म्युनिख तालिकाको दोस्रो स्थानमा रहेको छ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.