
भक्तपुर । १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार चौथो जित हात पारेको छ ।
लम्बिनीले प्रदेश १ माथि ६ विकेटको जित हात पारेको हो । हारसंगै प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौंस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले दिएको ७० रनको सामान्य विजयी लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीको जितमा देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे । प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुषाल ८ रनमा अविजित रहे ।
प्रदेश १ का लागि कप्तान दिपेश कडेलले ३ विकेट लिँदा विपीन महतोले १ विकेट आफ्नो नाममा पारे ।
यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको प्रदेश १ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनाएको थियो ।
प्रदेश १ का लागि शुभम गहतराजले २२ रन बनाउँदा इनस्टाईन रिजालले १९ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुल बहादुर थापाले समान १–१ विकेट हात पारे ।
प्रदेश १ विरुद्व जित हासिल गरेको लुम्बिनीले ५ खेलबाट ८ अंक जोडेको छ । पराजित प्रदेश १ दे भने ४ अंक बनाएको छ ।
खेलका प्लेयर अफ द म्याच लुम्बिनीका निर्मल गुरुङ घोषित भए ।