भक्तपुर । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशमाथि जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ ।

बुधवार भएको खेलमा लुम्बिनी प्रदेशमाथि १६ रनको जित हात पार्दै मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन रनमा समेतियो ।

लुम्बिनीको लागि मधु डिसीले अविजित रहँदै सर्वाधिक २१ रनमा बनाइन् । त्यस्तै रञ्जु श्रेष्ठले १४ जोडिन् । लक्ष्मी चौधरी १२ रनमा आउट हुँदा आश्मा पुलामी मगर र कप्तान सरस्वती घर्तीमगर ११–११ रन बनाए ।

मधेशका लागि भूमि सिंहले ४ ओभरमा २ विकेट लिँदा कविता गौतमले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो ।

मधेशको लागि साना प्रविनले सर्वाधिक ४६ रन बनाइन् । रोजी कडारीले १५ रन बनाइन् ।

लुम्बिनीको लागि मनिषा राना, सरस्वती पुन र विभस्ना बिसीले समान १–१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच मधेश प्रदेशकी साना प्रविन घोषित भइन् ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.