भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको उपाधि भिडन्तमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १३४ रनको सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा जारी फाइनल खेलमा लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो ।
लुम्बिनीका लागि सुरुवाती ब्याटिङमा आएका विकेटकिपर लाहिरु मिलान्थाले २८ बल खेल्दै सर्वाधिक ४१ रन बनाए ।
त्यस्तै, हर्मित सिंहले १८ बलमा ३० रन जोडे । कप्तान दिपेन्द्र सिंह ऐरी २३ बलमा २० रन जोड्दै आउट हुँदा इसान पाण्डेले २२ बलमा १८ रनमात्र जोड्न सके ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन । अनिल साह ८, बिपुल शर्मा ५, गुल्शन झा ३, किशोर महतो २ तथा कुशल भुर्तेल र साड्ले भान स्चाल्विक समान १ रनमा आउट भए ।
विराटनगरका लागि नन्दन यादव र राज रक्की ननानले समान २–२ विकेट लिए । त्यस्तै, कप्तान रोहित पौडेल, सुर्य तामाङ, केइअन जोसेप र हुसेन तलातले १–१ विकेट लिए ।