भक्तपुर । नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

लुम्बिनीले फार वेस्टमाथि ६७ रनको विजय हात पारेको हो ।

काठमाडौंस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउनेक्रममा फार वेस्टर्न १६.२ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।

फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४४ बलमा २ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिए ।

विनोद भण्डारी ११ बल खेल्दै १ छक्कासहित १३ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फार वेस्टका देव खनाल ९, उमेर अली ४, भीम सार्की ३, बसन्त कार्की २, राशिद खान र करण केसी १ रनमा आउट भए । त्यस्तै, हरिशंकर शाह विना कुनै रन आउट भए ।

लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट हात पार्दा प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले १–१ विकेट आ–आफ्नो नाममा पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लम्बिनीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

लुम्बिनीका लाहिरु मिलाल्थाले सर्वाधिक ६० रनको अर्धशतिकिय इंनिङ्स खेले । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३५ रनको योगदान गरे । गुल्शन झा २५ रनमा अविजित रहे ।

यता, विपुल शर्माले १२ रन बनाउँदा कुशल भुर्तेलले ७ रनको योगदान दिए । उन्मक्त चन्दले २ रन बनाउँदा अनिल साह भने शुन्य रनमा पेविलियन फर्कए । योगेन्द्र सिह कार्की १ रन बनाउँदै अविजित रहे ।

फार वेस्टर्नका लागि उमर अलि र करन केसीले ३–३ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत भोली (आइतवार) पनि दुई खेल हुनेछ । भोलि पहिलो खेलमा विराटनगर सुपरकिङ्स र लुम्बिनी अल स्टार्स भिड्ने छ । दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.