भक्तपुर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस ८ गतेदेखि हुन गइरहेको नेपाल टि–२० लिगको तयारीमा रहेको लुम्बिनी अल स्टारले आफ्नो टोली सार्वजनिक गरेको छ ।
लुम्बिनीले सोमबार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली खेलाडी रहेका छन् भने बाँकी ७ जना विदेशी खेलाडी रहेका छन् ।
लुम्बिनीको मार्की खेलाडीका रुपमा दीपेन्द्र सिंह ऐरी रहँदा अन्य खेलाडीमा कुशल भुर्तेल, सागर ढकाल, अनिल कुमार शाह, किशोर महतो, आकाश चन्द, तिलक राज भण्डारी, सुनिल धमला, इशान पाण्डे, योगेन्द्र सिंह कार्की र गुल्सन कुमार झा रहेका छन् ।
यता, विदेशी कोटामार्फत् हरमीत सिंह, उन्मुक्त चन्द, विपुल शर्मा, लाहिरु मिलान्था, शाड्ली भान साल्विक, ह्यारी टेक्टर र प्याट ब्राउन विदेशी खेलाडीका रुपमा रहेका छन् । लुम्बिनीको मूख्य प्रशिक्षकमा इंग्ल्याण्डका पिटर ट्रेगो रहेका छन् ।
क्यानको आयोजनामा हुने पहिलो संस्करणको टि–२० फ्रन्चाइजमा लुम्बिनीले पहिलो खेल पुस ८ गते फार वेस्टर्न युनाईटेडसँग खेल्नेछ ।