भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत पहिलो क्वालिफायर खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्समाथि जितका लागि १४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेका छन् ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।
लुम्बिनीका लागि इसान पाण्डेले ३९ बल खेल्दै सार्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै, अनिल साहले २६ बलमा २४ रन जोडे । विपुल शर्माले १३ बलमा २० रन बनाउँदा साड्ले भान स्चल्विकले ८ बलमा १७ रन जोडे ।
यता, विकेट किपर समेत रहेका लाहिरु मिलान्थाले १६ रन जोड्दा कप्तन दिपेन्द्र सिंह ऐरीले १० र कुशल भुर्तेलले ३ रन बनाए ।
हर्मिन सिंह पहिलो बलमै शुन्यमा आउट भए । लुम्बिनीले १७ रन अतिरिक्त रुपमा पाएको थियो ।
जनकपुरका लागि सोमपाल कामी, आशान प्रियारन्जन र जितेन्द्र मुखियाले २–२ विकेट लिए । त्यस्तै, कप्तान त्रिभोन ग्रिफ्ट र पवन सराफले १–१ विकेट लिए ।