भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको सातौं खेलमा पोखरा एभेन्जर्समाथि लुम्बिनी अल स्टार्सले ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा मंगलवार भएको खेलको अन्तिम बलमा जितका लागि ५ रन आवश्यक हुँदा शाद्ले भान सचाल्विकले शानदार छक्का प्रहार गर्दै लुम्बिनीलाई ३ विकेटले विजयी बनायो ।

योसंगै जारी लिगमा लुम्बिनीले लगातार ३ खेलमा जित निकालेको छ ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पूरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा पूरा गर्यो ।

लुम्बिनीको जितमा सचाल्विकले ११ बलमा ४ छक्कासहित ३१ रन बनाउँदै अविजित रहे । कुशल भुर्तेलले २८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक सर्वाधिक ३८ रन बनाए ।

त्यस्तै, उन्मुक्त चन्द ३४ बलमा १ चौकासहित २२ रन बनाउँदै आउट भए । यता, गुलशन झाले १० रन बनाए ।

पोखराका लागि विपिन खत्री र कुशल मल्लले २–२ विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले पनि १–१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १३३ रन बनायो ।

पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रन बनाए । उपुल थरंगाले ५१ बलमा २ चौका र १ छक्कासहित ४२ रन बनाए । आसिफ शेख १८ बलमा ६ रन बनाउँदै आउट भए ।

त्यस्तै, विपिन खत्रीले ९ रन बनाउँदा शरद भेषवाकरले ५ तथा आरिफ शेख २ रन जोडे । यता, अभिमन्यु मिथुन, सिद्धान्त लोहनी र प्रतिश जिसी शुन्य रनमा आउट भए ।

लुम्बिनीका लागि शाद्ले भान सचाल्विकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । किशोर महतोले र गुलशन झाले समान २ विकेट लिए । हरमित सिंह र सागर ढकालले पनि १–१ विकेट आ–आफ्नो नाममा गरे ।

योसंगै जारी लिगमा पोखरा जारी लिगमा लगातार तेस्रो खेलमा पराजित रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.